विवाद मिलाउन गएका प्रहरीमाथि कुटपिट

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १२:४२
विवाद मिलाउन गएका प्रहरीमाथि कुटपिट

रुकुम पश्चिम – रुकुम पश्चिममा कुटपिटबाट दुईजना प्रहरी घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका -३, स्यार्पूमा भएको सामान्य विवाद मिलाउन गएका प्रहरी कुटपिटबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घाइते हुनेमा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का रहेका छन् । घाइते शाहीको भित्री ढाडमा र खड्काको टाउकोमा चोट लागेको बताइएको छ । कुटपिट पछि घाइते दुवैजना प्रहरीको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

प्रहरीले बताए अनुसार आइतबार बेलुकी ७ बजे स्यार्पु गाउँका ३४ वर्षीय हिरालाल केसीलाई स्थानीय गोबिन्द बिक र लक्ष्मण बिक लगायत १३-१४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिट लगत्तै स्थानीयले ईलाका प्रहरी कार्यालय बाँफिकोटलाई टेलिफोन मार्फत जानकारी गराएका थिए । त्यसपछि प्रहरी नायब निरीक्षक शोभा सिंह थारुको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले उक्त कुटपिटको सामान्य विवाद मिलाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको बताइएको छ ।

प्रहरीलाई ढुङ्गा र हातपात गर्ने व्यक्तिहरु प्रहार रहेकाले १३ जनाको प्रहरी टोली थप गरेर उनीहरूको खोजी भैरहेको छ ।
घटनास्थलमा खटिएको प्रहरीलाई कुटपिट गर्ने फरार गोविन्द बिकको समूह रहेको प्रहरीको भनाइ छ ।।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट