गुण्डा नाइके सानुभाइ अझै फरार : ज्यान मार्ने उद्योगको मुद्दा दायर

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १२:२४
गुण्डा नाइके सानुभाइ अझै फरार : ज्यान मार्ने उद्योगको मुद्दा दायर

छाया सेन्टरको प्लेब्वाई क्लबस्थित पार्किङमा भएको आक्रमण घटनामा संलग्न गुण्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ समेतलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।

घटनामा संलग्न ७ जना भए पनि २ जना मात्रै पक्राउ परेका थिए। सानुभाइ समेत पाँच जना भने फरार रहेकाले उनीहरु पाँच जनालाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

गत माघको पहिलो साता ठमेलको छाया सेन्टरको पार्किङ क्षेत्रमा सानुभाइ समेतको सहूले एक व्यक्तिमाथि आक्रमण गरेको थियो। आफूमाथि सानुभाइ समेत ७ जनाको समूहले आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए।

प्रहरीको जाहेरी पश्चात् प्रहरी वृत्त दरबारमार्गले सानुभाइ समूहका थाते र विश्व भनेर चिनिने बिसु तामाङलाई पक्राउ गरेको थियो। त्यसको केही दिनपछि मार्सल भनिने शैलेन्द्र तामाङ पक्राउ परेका थिए।

प्लेब्वाई क्लबको पार्किङमा भएको आक्रमण घटनाको सीसीटीभी फुटेज समेत भिडियो सार्वजनिक भएको थियो। जसमा सानुभाइ समेत देखिएका थिए। उनका साथै शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले छमबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

सानुभाइ सहित नुवाकोटका कमल तामाङ, शेरबहादुर पौडेल भनिने शेरलाल पौडेल, विनोद तामाङ र रघु तामाङ अहिलेसम्म फरार छन्। यी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्