उड्नै लाग्दा यतिको प्लेनमा खराबी

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0९:५२
उड्नै लाग्दा यतिको प्लेनमा खराबी

उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको एनवाइटी ७८७ विमानमा समस्या देखिएको हो ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको विमानस्थल स्रोतले बतायो ।

सो विमान बिहान साढे ८ विराटनगर उड्ने तयारीमा थियो ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0९:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट