त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई नामिबियाले २० रनले हरायो

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १४:५८
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई नामिबियाले २० रनले हरायो

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २र२ विकेट लिए ।

नेपाललाई अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो भने दीपेन्द्रसिंह ऐरी र करण केसी क्रिजमा थिए। तर १९ औँ ओभरको चौथो बलमा दीपेन्द्र आउट भए भने पाचौँ बलमा अविनाश बोहरा बोल्ड भए।

विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो बलमै विकेट गुमाएको थियो। कुशल भुर्तेलले खाता खोल्न सकेनन् भने आसिफ शेखले ६ रन जोडे। गुल्सन झा १२ र सन्दिप जोरा ५ र विवेक यादब ६ रनमा आउट भए।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट