मरेको बाघ र बलेको आगो

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० १३:१८
मरेको बाघ र बलेको आगो

बाघ मरेपछि,
अरु किरा फटयांग्रा जस्तै
निर्जीव लास बन्छ!
साड्नु र गल्नु
बाहेक,
के विकल्प रहन्छ र?

चिसो मौसम,
आजको जस्तो !
हर कोहीले
दनदनी सल्की रहेको
सालको मुढामा बलेको आगो!
किन पो ताप्दैन र?

अन्त्यमा,
शेसमा बाँकी
त्यो चिसो खरानी
कस्ले पो दल्ने हो?

– नविन पोखरेल

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट