सिरेस थापाको म्युजिक भिडियो तितामिठा बातहरु सार्वजनिक

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन ७, २०८० १८:२८
सिरेस थापाको म्युजिक भिडियो तितामिठा बातहरु सार्वजनिक

सिरेस थापाको म्युजिक भिडियो तितामिठा सार्वजनिक भएको छ । एसएन सिनेप्लेक्सले निर्माण गरेको म्युजिक भिडियोको मिक्सिङ्ग ए लेभल स्टुडियोका गोविन्द सोनीले गरेका हुन् । तितामिठाको एरेन्जर गर्ने काम संजय हमालले गरेको निर्माण टिमले जनाएको छ ।

संजिव बराईलीले गिटारमा साथ् दिएका छन् भने थापा स्वयंले छायांकन गरेका हुन् । रोनिश तामाङ्गले सिनेमेटोग्राफी गरेका हुन् भने प्रविन ढकालले कलरमा साथ् दिएका छन् । ड्रोन ह्यान्डल रविन थापाले गरेको भिडियो उत्कृष्ट बनेको छ । प्रोडक्सनमा नोमन थापालाई साङ्ग्केन राई थापाले एसिस्ट गरेका छन् ।

३ मिनेट १८ सेकेन्डको भिडियो एसएन सिनेप्लेक्सको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । गीतको शब्द/संगीत सिरेस थापा कै हो ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन ७, २०८० १८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट