सहिद स्मृति विद्यालय सुनसरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० 0९:१४
सहिद स्मृति विद्यालय सुनसरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले सुनसरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय नीति अनुसार सर्वप्रथम डोटीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको थियो ।

दाङ, पोखरा र जिरीकाे लागि पनि पुस्तक फाउन्डेसनको केन्द्रिय कार्यालयमा आईसकेको केन्द्रिय अध्यक्ष सन्दिप पुनले बताए । डोटीमा फाउन्डेसनका सदस्य मनोज पुनद्वारा पुस्तक हस्तान्तरण गरिएको थियो त्यसै गरी सुनसरीमा फाउन्डेसनको तर्फबाट प्रमोद पौडेल र राजु महतोले विद्यालय अध्यक्ष मनीराम गिरी र प्रधानध्यापक रिता फुयाँल लाई पुस्तक हस्तान्तरण गरेपछि विद्यालयले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेको छ ।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० 0९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्