एनसेलको छानबिन गर्न सरकारले समिति गठन गर्नु गलत : रवि लामिछाने

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १४:0५
एनसेलको छानबिन गर्न सरकारले समिति गठन गर्नु गलत : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रधानमन्त्री जोडिन जरुरी नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारको विषयमा प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको भनी प्रश्न उठाएका हुन् ।

रविले सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै दूरसञ्चार प्राधिकरणलाई कानुनले दिएको अधिकार अनुसार काम गर्न किन नदिएको भनी प्रश्न गरे ।

एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । तर रविले दूरसञ्चार क्षेत्रको नियामक निकायले गर्ने काममा समिति गठन गरेर सरकारले बेठीक गरेको बताएका हुन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट