सरकारले काठमाडौँ तराईं द्रूत मार्गको सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।