झोलामा एक करोड बोकेर आउने विमानस्थलबाट पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १३:१८
झोलामा एक करोड बोकेर आउने विमानस्थलबाट पक्राउ

करिब १ करोडसहित दुई पाकिस्तानी नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय हुमम्मद अदनान लखानी छन्। उनीहरुलाई बुधबार विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको आगमन टनेलको गेटबाट पक्राउ गरिएको हो।

उनीहरुबाट ५ लाख डेनिस क्रोन अर्थात ९५ लाख रुपैयाँ भन्दा बढी बरामद गरिएको छ। उनीहरु फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका थिए।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट