मर्मत सम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनः निर्माण सुरु भएको छ । जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनः निर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष […]
पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विशेष समारोहकाबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । घोषणा समारोहमा सहभागी हुन पोखरा पुगेका उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण पनि गरे । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गरिरहेका थिए । प्रदेशले […]
धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो । आज […]
उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको एनवाइटी ७८७ विमानमा समस्या देखिएको हो । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको विमानस्थल स्रोतले बतायो । सो विमान बिहान साढे ८ विराटनगर उड्ने तयारीमा थियो ।
भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि भत्काउन थालिएको छ । अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर […]
सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौं महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए । उनले महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर […]
पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ। सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो। आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड लागतमा २०७९ कात्तिकबाट ३ वर्षमा […]
आज (शनिबार) देखि काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सतासम्म विद्युत् कटौती हुने भएको छ। महाराजगन्ज वितरण केन्द्रका विभिन्न स्थानमा दिनहुँ चार घण्टाका दरले एक सातासम्म विद्युत् कटौती हुने विद्युत् प्राधिकरणलेले जनाएको छ। नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि माघ १३ गतेसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने […]
नवलपरासी,पश्चिम् । सडक सञ्जालको पहुँच नहुँदा वर्षौदेखि आफ्नै देशको धार्मिक स्थल पुग्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मीकि आश्रम पुग्नका लागि भारतीय बाटो भैसालौटन हुँदै जानू पर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । वाल्मीकि आश्रम जोड्न नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलसमेत दुईवर्षदेखि बाटो निर्माण […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरेका हुन् । उनले निजी क्षेत्र र […]
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्को नागमती बाँध निर्माणको प्रक्रिया सुरु गरिएको हो । वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा […]