काठमाडौं, बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरीएको सचिवालयले जनाएको छ ।दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताएका छन […]
गत शैक्षिक सत्रमा इतिहासमैं पहिलोपटक भर्नासँगै पुस्तक पाएका विद्यार्थीले यसपटक पनि समयमा नै पाठ्यपुस्तक पाउने भएका छन्। गत वर्ष प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयको पहलकदमीमा इतिहासमै पहिलोपटक भर्नासँगै पुस्तक पाएका विद्यार्थीलाई यसपटकको शैक्षिक शत्रमा पनि समयमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी तयारी गरिएको हो। कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी […]
त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयमा रिक्त रहेको शिक्षाध्यक्ष र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण (बायोडाटा) मागेको छ । बायोडाटा माग गर्दै त्रिविले मंगलबार सूचना प्रकाशित गरेको छ । शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा काम गर्न इच्छुक प्राध्यापकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो बायोडाटा त्रिविको उपकुलपतिको इमेल ठेगानामा पठाउन भनिएको छ । ‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त […]
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा क्याम्पस प्रमुख कै हस्ताक्षर गर्दै दुरुपयोग हुने गरेको पाईएको छ । स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी नै नभएका प्रतियोगी सुबोध गैह्रे र सुजिता शर्मा दुवैलाई प्रथम बनाएर राखिएको प्रमाणपत्र स्ववियु सदस्य रसिक लम्सालले स्ववियुको कार्यकक्षबाट जफत गरेपछि घटना बाहिरिएको हो। घटनाको विवरण सार्वजनिक गर्दै लम्सालले भनेका छन् यदि तपाई स्ववियु […]
विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन्। विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बनेका थिए। ती विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै […]
त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । दरखास्त […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरुको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता लिन लागेको हो । अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ । समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर […]
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ बिहीबारदेखि यहाँ विश्व सामाजिक मञ्चको १६ औँ संस्करण शुरु भएको छ । ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहने सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएका ४३ जनामध्ये १४ जना सर्टलिष्टमा परेका छन्। सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वको उपकुलपति सिफारिस समितिले १४ जनाको नाम छनोट गरेका हुन्। सर्टलिस्टमा पर्नेहरूमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज […]
नेकपा (एमाले) दोलखाको दशौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु भएको छ । हिओ बेलुका सम्पन्न निर्वाचनको मतगणना आज सुरु भएको हो । हिजो अबेर साझ सम्पन्न मतदानमा कुल ६१६ मत खसेको छ भने केहि प्रतिनिधि अनुपस्थित भएका छन् । अध्यक्षमा नरबहादुर श्रेष्ठ, भरत दुलाल र इश्वरचन्द्र पोखरेल प्रतिष्पर्धी छन् । श्रेष्ठ र […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताए । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्बिर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल […]