काठमाडौँ । जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन देखि ३० दिनभित्र दरखास्त दिन सकिने […]
काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि […]
काठमाडौं । बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त खेतीयोग्य जमिनमा सिंचाइ पुर्याउनका लागि अध्ययन भएको छ । आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामा सिन्धुली जिल्लाको हरिहरपुरगढी गापाको वडा नम्बर १-२ र ३ मा रहेकाे दसौं हजार […]
काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आवेदन आजदेखि असार ७ गतेसम्म दिन सकिन्छ भने दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।
काठमाडौँ । बुधबार सेयर बजार उच्च अंकले गिरावट भएकाे छ । कारोबार बन्द हुँदा परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३८.८३ अंक घटेर १८४९ अंकमा कायम भएको छ । यसअघि मंगलबार ५३ अंक घटेको थियो । बजेट घोषणापछिको दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ । आज कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । […]
काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै उक्त सम्झौता हुने भएको हो । सोही सम्झौताका लागि नेपाल क्लियरिङ हाउसको प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान पनि भारत भ्रमणमा छन् । तर साे भ्रमणमा राष्ट्र बैकका प्रतिनिधि छैनन् । […]
काठमाडौं । सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बजेट […]
काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने काेटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने व्यवस्था थियोे । कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका छन् । साे निर्णय व्यवहारिक नभएको भन्दै निरन्तर कोटा प्रणाली […]
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा […]
काठमाडौँ । नेपाल एयरलायन्सले शहरी क्षेत्रमा उडान भर्ने लक्ष्यसहित थप २ वटा जहाज किन्ने तयारी सुरु गरेको छ । दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो । निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्यापटेन सुधिर समशेर राईको नेतृत्वमा ९ सदस्यीय उप समिति गठन […]
घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको […]