प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको […]
सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरेपनि केही पालिकाहरूले फागुन १ मा धमाधम सार्वजनिक बिदा दिने निर्णय गरेको सार्वजनिक गरिरहेका छन् । गत वर्ष संघीय सरकारले माओवादीले जनयुद्ध सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त सरकारमा एमाले समेत सामेल थियो । उक्त […]
त्रिभुवन विश्वविद्यालयको नयाँ उपकूलपतिको नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको छ । त्रिविको उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो । उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति छनोट कार्यविधिमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको नाम मात्रै समावेश गरिएको […]
नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि […]
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखे । उनले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए । उनले भने, ‘आज भ्रष्टाचारीलाई […]
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ। सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय लाइसेन्समा भएको घोटाला तथा […]
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आज पनि समसामयिक राजनीति र यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि सबै क्षेत्रलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए। सरकारले संविधानको कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार […]
नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मूल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ। संङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने सो पार्टीले जनाएको छ। महाधिवेशन केन्द्रित संङ्गठन सुदृढीकरण अभियानलाई […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने […]
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो […]
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एक जना सर्वसाधारणको घरबार नै उजाडिदिएकाे आराेप लागेकाे छ । वाइबाले वैदेशिक रोजगारमा गएका भीमबहादुर मोक्तानकी श्रीमतीसँग दोस्रो विवाह गरेका आराेप लागेकाे छ । श्रीमान् विदेशमा भएको समयमा संगीता मोक्तानले वज्रध्वज वाइबासँग विवाह गरेपछि न्यायका लागि भन्दै भीमबहादुरले माओवादीको बागमती प्रदेश कार्यालय बबरमहलमा निवेदनसमेत दिएका […]