नेकपा माओवादी केन्द्रले पार्टी एकता संयोजन समिति बनाएको छ । माओवादी केन्द्रिय कार्यालय पेरिसडाँडमा बसेको स्थायी समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयोजन समिति बनाएसँगै अब डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको विषय अघि बढ्ने अपेक्षा गरिएको छ । वामपन्थी, कम्युनिष्ट र समाजवादी विचारधारा बोकेका दलहरुसँग पार्टी एकता, कार्यगत एकता र मोर्चा गर्ने […]
नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ववल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई अर्घाखाँचिमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन्। राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका खड्का माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका छन्। उनले यसअघि एमाले अर्घाखाँची इन्चार्जको भूमिका पनि निर्वाह गरिसकेका थिए। […]
यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले आफ्ना उम्मेदवार नभएको स्थानमा मात्रै सत्ता गठबन्धनलाई सघाउने जनाएको छ। सत्ता गठबन्धनमै रहे पनि जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा उम्मेदवार उठाएको छ। गठबन्धमा आवद्ध अन्य दलले जनमतलाई भागबण्डामा सहभागी गराएपछि उसले छुट्टै उम्मेदवार उठाएको हो। लुम्बिनीको अन्य क्लस्टरमा जनमतबाट बालगोविन्द चौधरी थारु […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले माघ ३ गते बुधबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठकमा आर्थिक, प्रशासनिक र विभागीय नियमावली, विभागहरुको कार्य प्रगति विवरण तथा पदयात्राका विषयमा छलफल बताइएको छ। रास्वपाले २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ। विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको […]
मेलम्ची खानेपानी विकास समितिले आज (माघ १ गते) देखि काठमाडौँ बासीका धारामा खानेपानी वितरण गर्दैछ। आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गर्दैछन्। यसअघि नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका बनाएको छ। गएको […]
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघाबीच नयाँ चरणको द्वन्द्व सुरु भएको छ। १८ महिनायता प्रमुख साम्पाङलाई साथ दिँदै आएका उपप्रमुख बेघा आइतबार पहिलो पटक कड्किन पुगे। उनले आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख साम्पाङमाथि खनिए। कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको कुरा निकाल्दै आफ्नो भनाइ सुरु गरेका उपप्रमुख […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीक संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्थासमेत गरेको छ । पार्टीको […]
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने जनाएको छ। उक्त खर्च […]
पूर्वराजा ज्ञानेन्द्र शाहले पुसको आधाभन्दा बढी महिना बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित राजावादीहरूको भेटघाटमा बिताए । भैरहवामा राजावादीले आयोजना गरेको अभिनन्दन समारोहमा भाग लिने बहानामा पुस ८ गते बुद्ध एयरको नियमित उडानबाट भैरहवा ओर्लिएका ज्ञानेन्द्रको पुस २२ मा बुद्ध एयरको चार्टर्ड विमानबाट वीरगञ्ज फर्किने कार्यक्रम थियो । हुस्सु लागेर एयरपोर्ट नखुलेपछि उनी सडक मार्ग हुँदै गन्तव्यतिर […]
राष्ट्रिय सभा निर्वाचनमा आफ्ना १९ उम्मेदवारलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका सात दलका अध्यक्षले अपिल गरेका छन्। आइतबार प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राजमो अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर सहित अपिल गरेका हुन्। ‘राष्ट्रिय […]
कर्णाली प्रदेश सरकारले एक वर्षको अविध पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको बताए । गत […]
सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक, राष्ट्रियसभा निर्वाचन र समसामियक राजनीतिबारे छलफल भइरहेको छ । आजको बैठकमा गठबन्धनबाट राष्ट्रियसभाका उम्मेदवार बनेकाहरूलाई जिताउने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।