डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताए । शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको […]
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत एमाले कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन नेताहरू छलफलमा जुटेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औंल्याउनु भएको छ । शनिबार बागमति प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् मन्त्री डा. महतले भन्नुभयो, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । […]
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बुढानिलकण्ठ नगर भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटित भेला कार्की इभेन्टमा सम्पन्न भएको हो । देशैभरको कार्यक्रम अन्तर्गत पर्सि ९ गते बुढानिलकण्ठका सबै वडामा वडा सम्मेलन हुनेछन । भेलामा सहिद परिवार तथा सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए । […]
काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको असर, रुस–युक्रेन युद्धलगायतका कारण अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्र निकै चापमा थियो । वर्षौंदेखिका समस्या थपिँदै र गहिरिँदै जाँदा सरकारले चाहेजस्तो सुधार र परिवर्तन हुन नसकेको अनुभव गरिएको […]
काठमाडौँ– प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते मगलबार राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ” […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने बताए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे । “आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका […]
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ । ‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको निर्वाचनको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि क्रमभंगको तयारीमा रहेको बताएका छन् । उनले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको केही निर्णय गर्ने बताएका हुन् । शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत् सबस्टेसनको उद्घाटन समारोहमा उनले आफू क्रमभंगको तयारीमा रहेको बताएका हुन् । ‘प्रधानमन्त्री भएको एक […]
काठमाडौँ- नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्छ । मधेस प्रदेशका आठ […]
नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई […]
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बुधबार)का लागि बोलाइएको बैठक आज बस्न लागेको हो । पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ । पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक […]