काठमाडौ। रास्ट्रय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज बसिरहेको केन्द्रीय समिति बैठकवाट एक नेताले समर्थन फिर्ता लिने तयारी रहेकाे बताएका छन् । उनका अनुसार सरकारमा सम्माजनक मन्त्रालय पाउने अवस्था छैन । सरकारमा नीति तथा कार्यक्रममा हाम्रा एजेन्डा समेटिएन हामी किन सरकारमा जाने ? भनेर प्रश्न गर्दै […]
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थ मन्त्री विष्णु पौडेलले द्धन्द्धकालका अयोग्य र स्वेच्छिक अवकासमा गएका जनमुक्ति सेनालाई २ लाख रुपैया दिने बजेट मार्फत व्यवस्था गरे । आर्थिक वर्ष २०७३÷०७४ सालको बजेट वक्तव्य मार्फत पौडेलले अयोग्य जनमुक्ति सेनालाई प्रतिव्यक्ति दुई लाख रुपैया दिने घोषणा गरे । तत्कालीन एमाले माओवादी संयुक्त सरकार हुँदा […]
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालले आयोजना गरेको डिजिटल बागमती संवाद कार्यक्रमले प्रदेशको डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई सहयोग पुग्ने आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे । आज सम्पन्न कार्यक्रममार्फत प्रदेशको आगामी योजना तथा कार्यक्रमलाई थप परिमार्जन गर्न र जनतालाई थप सेवा सुविधा उपलब्ध गराउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । साे […]
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको थियो । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय […]
काठमाडौं । पूर्व मन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई आजै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी […]
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएकाे रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको […]
काठमाडौं । बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण नभइ प्रोत्साहित गर्न चाहेकाे आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे । अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेकाे आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे उहाँले आज बिश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा नेपालको संविधानको मर्म, भावना र संघीय लोकतान्त्रिक गणतन्त्र, […]
काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने निर्णय गरेकाे छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई नेपाली नागरिक भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि मंगलबार पक्राउ पुर्जी जारी भएको थियाे । पक्राउ पुर्जी जारी भएको थाहा भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर […]
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको […]
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्ने गिरोहका मुख्य योजनाकार पक्राउ परेका छन् । मंगलबार बिहान पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हुन् । नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी […]