काठमाडौं । सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् । बागमती प्रदेश–०१–०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको हाे । पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भई हाल काठमाडौ काडाघारी बस्ने ३१ वर्षका मौसम […]
काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल निशुल्क व्यवस्था गर्न माग […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएकाे छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने छ । वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिँदैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी […]
काठमाडौं । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा पाँच जनाकाे मृत्यु भएको छ । दुर्घटनामा दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना रहेकाे अनुमान गरेकाे छ । महाशाखाले शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरुको अधिकत्तम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको विश्लेषण गरेकाे हाे । देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना […]
काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आवेदन आजदेखि असार ७ गतेसम्म दिन सकिन्छ भने दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनको महाकालमा १०८ किलो रूद्राक्षले पूजा गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् ।त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् । काठमांडूबाट ल्याएको विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले पूजा अर्चना गर्ने कार्यक्रम रहेकाे छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का […]
काठमाडौं । नेपालमा विगत केहि दिनदेखि वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरुको तापक्रम अत्याधिक वृद्धि भएको छ। बुधबार देशका मध्य तथा पूर्वी भागका धेरै स्थानहरुमा तापक्रम मापन गर्दा तातो , धेरै तातो र अत्यधिक तातो दिनको सिमा/तह पार गरेको थियो । त्यस्तै १० वटा भन्दा बढी केन्द्रमा ४० डिग्री सेल्सियस […]
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको ‘आईटी आर्मी’को मदेश प्रदेश कमिटी विस्तार गरिएको छ । आजपा प्रवक्ता एवम आइटी आर्मीको केन्द्रीय संयोजक चन्द्रभुषण साहले जनाएका हुन। विस्तारित कमिटीको अध्यक्षमा नरेश तुरहा उपा अध्यक्षमा नागेन्द्र महतो ,मनोज तिमल्सिना ,मुकेश देव सचउ ,सोनु साह (बिक्की) सह सचिव ,मनोज मुखिया , अजय यादव वियोगी ,जयलाल मेहता शारदा […]
काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै आज दिउँसो करिब साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो । […]
काठमाडौं । सरकारले यो वर्ष सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर पाउने भएका छन् ।सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ। अर्थमन्त्री डा […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बजेट […]