काठमाडौं । नेपाल कराते महासंघले आसन्न १९औं एसियाली खेलकुदका लागि फाइनल टिम छनोट गरेको छ । सातदोवाटोस्थित कराते हलमा बुधबार सम्पन्न दुई दिने प्रतियोगितामार्फत कुमुतेतर्फ ३ महिला र ३ पुरुष गरी ६ जना तथा कातातर्फ १–१ जना महिला र पुरुष खेलाडी छनोट गरेको हो । राउण्ड रोविन लिग प्रणाली अनुसार सन्चालन गरिएको प्रतियोगितामा महिला ५० […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ । एन्फा मुख्यालयमा बिहिवार भएकाे खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ४ अंक बटुलेको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे ।खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती […]
काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको हाे । नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र पिपुल्स भोलियन्टरद्धारा मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित ५८ टिम सहभागी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौंको मनमैजुस्थित फुटबल ग्राउण्डमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतियोगितको उद्घाटन गरेका हुन् । खेलमा देशभरिबाट करिब एक हजार एक सय खेलाडीको सहभागीता रहेको […]
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। स्पेनिस क्लब रियल मड्रिडमाथि समग्रमा ५–१ गोलको जित निकाल्दै सिटीले युरोपियन्स लिगको फाइनल पक्का गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा सिटीले रियललाई ४–० ले हराएको थियाे । पहिलो लेग भने १–१ गोलको बराबरीमा सकिएको थियो। बुधबार राति भएको सेमिफाइनलको दोस्रो खेलमा सिटीका लागि […]
प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर […]
काठमाडौं । मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता भोली (बुधबार)देखी सुरु हुदैछ । ८ जेष्ठ सम्म चल्ने सो प्रतियोगितामा ६० भन्दा बढी टोलीको सहभागिता हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल र ‘पिपुल्स भोलेन्टियर्स’को आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उदघाटन पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम […]
काठमाडौं । मेक्सिकन फुटबलर एन्टोनियो कार्बाहलको निधन भएको छ । कार्बाहल ५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर हुन् । विश्व फुटबल वृत्तमा ‘ला टोटा’ उपनामले चर्चित कार्बाहलकाे ९३ वर्षको उमेरमा निधन भएको हो । उनी चर्चित गोलरक्षक हुन् । उनले सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए । त्यसपछि उनले सन् […]
सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमबीच युवा र खेलकुदमा सहकार्य गर्ने सहमति भएको छ । फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र कार्यक्रम प्रमुख गङ्गाबहादुर थापाबीच आज विश्वविद्यालयमा सम्झौता भएको हो । सम्झौता अनुसार शैक्षिक कार्यक्रममा खेलकुदलाई राखेर देशव्यापी अभियान सञ्चालन गरिने भएको छ । सम्झौता अनुसार देशभर युवा र खेलकुदमा […]
सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ । सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम र बजेट कार्यान्वयन हुन सकेको छैन । हरेक जसो बजेटमा कार्यान्वयन गरिनेछ, हुनेछ, प्राथमिकतामा राखिनेछ, जोड दिइनेछ भन्ने शब्दहरु धेरै रहने गरेका छन् । यस्ता शब्दले सरकारको […]
काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने निर्णय गरेकाे छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।
बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो । मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ । खजुराको पर्यटन प्रवद्र्धनमा पौडी पोखरीले उल्लेख्य भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो । […]