एयरपोर्ट सुन काण्ड : सफाई कर्मचारी पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १३:४0
एयरपोर्ट सुन काण्ड : सफाई कर्मचारी पक्राउ

त्रिभुवन विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुन प्रकरणमा विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ ।

१४ किलो सुन प्रकरणबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयले एक जनालाई नियन्त्रणमा लिएको हो । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् ।

घले त्यतिबेला पक्राउ परेका थिए । चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरूको अनुसन्धान निष्कर्ष छ । दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानबाट खुलेको छ।

डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट