नेपाल बैंक घोटालाका नाईकेले १ करोड ४८ लाख बुझाउनु पर्ने

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १९:५६
नेपाल बैंक घोटालाका नाईकेले १ करोड ४८ लाख बुझाउनु पर्ने

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ। विशेष अदालतले उनीविरुद्धको मुद्दामा ५४ लाख ८४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ।

न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यससघि कसुर ठहर गरेको मुद्दामा बुधबार सजाय तय गरेको हो। फैसलाअनुसार, कोइरालाले बिगो र जरिवानासहित एक करोड ४८ लाख रुपैयाँ तिर्नुपर्नेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबीअनुसार कोइरालाविरुद्ध बिगो र जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

विशेष अदालतले कोइरालालाई गत मंसिर २१ मा भ्रष्टाचारी ठहर गरेको थियो। बुधबार सजाय निर्धारणका लागि सुनुवाइ भएको थियो।

कोइरालालाई बैंकको सिस्टम ह्याकिङ र जम्मा गर्नुपर्ने ब्याज व्यक्तिगत खातामा राखेर भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो। कोइरालाविरुद्ध भ्रष्टाचार आरोपमा २०७७ असार ३१ गते मुद्दा दायर भएको थियो।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट