सिक्दा गाडी ठोक्ने गाउँपालिका अध्यक्ष : ५ लाख ५६ हजार सरकारी भुक्तानी !

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० 0९:१४
सिक्दा गाडी ठोक्ने गाउँपालिका अध्यक्ष : ५ लाख ५६ हजार सरकारी भुक्तानी !

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले सिक्ने क्रममा दुर्घटना भएको गाउँपालिकाको गाडी गाउँपालिकाकै बजेटबाट मर्मत गरिएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मोक्तानले प्रदेश ३–०१, ००२ झ ५१०६ नं को गाडी दुर्घटना गराएका थिए । गाडी मर्मतको लागि गाउँपालिकाको ५ लाख ५६ हजार ६ सय ३ रुपैँया खर्च भएको छ ।

गाउँ कार्यपालिका बैठकले सो गाडी मर्मत गर्दा आएको ५ लाख ५६ हजार ६ सय ३ रुपैँयाको बिल भुक्तानी गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले गाडी चलाउन सरकारी खर्चमा ड्राइभर राखेको छ । सवारी चालक अनुमति पत्र नै नलिएका गाउँपालिका अध्यक्ष मोक्तानले सिक्ने क्रममा चलाउँदा कार्यालयको गाडी दुर्घटनामा परेको थियो ।

मोक्तानले सिक्ने क्रममा गाउँपालिका कार्यालयबाट स्वास्थ्य चौकी टोकरपुर पुर्‍याएर त्यहाँबाट गाउँपालिका कार्यालयमा ल्याई पुनः निकाल्ने क्रममा दुर्घटना गराएको पालिका कै एक नेताले बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० 0९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट