बम्जनको बयान सुरु : प्रहरीले आफुलाई खोजेकै थाहा छैन भने !

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १३:0८
बम्जनको बयान सुरु : प्रहरीले आफुलाई खोजेकै थाहा छैन भने !

बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश रेग्मीको इजलासमा बम्जनसहित ३ जनाको मुद्दाको सुनुवाइ हुने भएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बुधबार मध्य राति उनलाई सर्लाही पुर्‍याइएको थियो।

सर्लाही पुर्‍याइएका उनलाई आज (बिहीबार) अदालतमा पेस गरिएको हो। बाल यौन दुराचारको आरोप लागेका बम्जनको अहिले न्यायाधीश रेग्मीको इजलासमा बयान भइरहेको छ।

उनले सोधपुछ गर्ने प्रहरी अधिकारीसँग भनेका थिए, “मलाई किन यस्तो आरोप लाग्यो, थाहा छैन । खासमा प्रहरीले मलाई खोजेको बारेमा पनि बेखबर छु । म जीवन दर्शन कोरेर बस्ने मानिस हुँ ।”

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट