सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ ।
हिजो ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।