सामाजिक सुरक्षा कोषले विभिन्न पदमा ५१ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगद्वारा लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिने गरी कोषले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको हो। माग भएका पदमा खुला तथा समावेशी व्यवस्थाअन्तर्गत भर्ना गरिने कोषले जनाएको छ।
कोषले दरखास्त आह्वान गरेको पदमा पुस २६ गतेसम्म आवेदन दिन सकिने छ। दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।