दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका हेडमास्टर भक्तराज बोहोराले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विधार्थीहरुले नाराबाजीसहित तोडफोड गरेका छन् ।
बोहोराले जेम एकेडेमीकी एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि आक्रोशित विधार्थीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका छन्।
स्रोतका अनुसार विद्यालयको होस्टलमा बस्ने छात्रालाई बोहोराले पटक–पटक यौन दुर्व्यवहार गर्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय जिरी नजिकै रहेको सो विद्यालयमा नारावाजी र तोडफोड भएपछि प्रहरीले बोहोरालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ ।
-

मिसन संवाददाता
-
शुक्रबार, फाल्गुन ४, २०८० १५:४५
प्रतिक्रिया
सम्बन्धित खवर
नेपाल अपडेट
छुटाउनुभयो कि?