काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन्। बिहीबार दिउँसो सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक […]
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ । बुधवार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो । राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको हो।
किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो। सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको बताइन्। ‘यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्ने […]
साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार नेप्से २७.७५ अंकले बढेको थियो । बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र […]
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी प्रभाग, गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीले करीव चार करोड रुपैयाको पुर्वानुमान गरी प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी […]
सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताएका हुन् । सांसद लामिछानेले भने, ‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ। अहिले सेनाले पेश […]
बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ । यसैगरी धादिङ अस्पताल […]
प्रधानमन्त्रीद्वारा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण काठमाडौं, पुस ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छ्न । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन । निरीक्षणपछि प्रधानमन्त्रीले भने, “हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् […]
सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत […]
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकाका सडक अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने उनले दाबी गरे। मन्त्री ज्वालाले भने– ‘तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र […]
तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न तमोर नदीमाथि लुबुघाटमा पुल बनाउन सुरु गरेको १२ वर्ष भयो। तर अझै निर्माण सम्पन्न हुने सकेको छैन। पुलको एउटा छेउबाट पिलर निर्माण गरेर ढलान पनि गरिएको छ। तर नदीको बीच भागमा बनाउनुपर्ने पिलर बनेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन। पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे […]
काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ । […]