नेपाल प्रहरीमा कार्यरत एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ । बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हेर्नुहोसु सूची […]
प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आयोजित कार्यक्रममा उनले २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको बताएका हुन् । उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ […]
ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौँमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुव दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी […]
पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विशेष समारोहकाबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । घोषणा समारोहमा सहभागी हुन पोखरा पुगेका उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण पनि गरे । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गरिरहेका थिए । प्रदेशले […]
सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको […]
धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो । आज […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। […]
नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए । भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ । उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए । आचार्यका, जहाँ […]
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै […]
उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको एनवाइटी ७८७ विमानमा समस्या देखिएको हो । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको विमानस्थल स्रोतले बतायो । सो विमान बिहान साढे ८ विराटनगर उड्ने तयारीमा थियो ।
सहायक रथीबाट उपरथीमा अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउवा बढुवा भएका छन् । उनीहरुलाई आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे । नेपाली सेनाका अनुसार बढुवा भएका उपरथीहरु थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक, श्रेष्ठलाई मध्यपश्चिम पृतनापति र देउजालाई संभाररथी विभागमा नियुक्त गरिएको छ […]
न्याय सेवा आयोगले कानुन समूहका सहसचिव र उपसचिवसहित १६८ कर्मचारीको सरुवा तथा पदस्थापनको निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले कानुन मन्त्रालयका सहसचि निर्मला अधिकारी भट्टराईलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयका सहसचिव धर्मराज कुइकेललाई कानुन मन्त्रालयमा सरुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयका कानुनका सहसचिव दलबहादुर अधिकारी कानुन मन्त्रालयमा सरुवा हुँदा कोशी प्रदेशको […]