समाज

चीन–काठमाडौँ दैनिक उडान सुरु

चीन–काठमाडौँ दैनिक उडान सुरु

काठमाडौं ।  चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गर्ने भएकाे हाे  । सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । काेराेना महामारीपछि चीनले गत ३ महिना अघिदेखि […]

  • २ years अगाडि
नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन : भारतीय विदेशमन्त्री एस जयशंकर

नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन : भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्शा राजनीतिक विषय नभएको बताएका छन् । छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको र  पाकिस्तानले बुझ्ने हैसियत नराखेेकाे टिप्पणी गरेका छन् । नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्शाप्रति भइरहेको विरोधका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले  टिप्पणी गरेका हुन् । नेपाल र […]

  • २ years अगाडि
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र  सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि […]

  • २ years अगाडि
१८ लाख रुपैयाँसहित चारजना पक्राउ

१८ लाख रुपैयाँसहित चारजना पक्राउ

काठमाडौं । सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् । बागमती प्रदेश–०१–०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको हाे । पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भई हाल काठमाडौ काडाघारी बस्ने ३१ वर्षका मौसम […]

  • २ years अगाडि
अस्पतालका पार्किङ निःशुल्क गर्न माग

अस्पतालका पार्किङ निःशुल्क गर्न माग

काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल निशुल्क व्यवस्था गर्न माग […]

  • २ years अगाडि
कक्षा १० काे अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

कक्षा १० काे अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएकाे छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने छ । वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म  दोहोरिँदैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी […]

  • २ years अगाडि
विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउनू पुन निर्देशन

विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउनू पुन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शय्या छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएको हो । स्वास्थ्यमन्त्री मोहनबहादुर […]

  • २ years अगाडि
बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त जमिनमा पुर्‍याउन अध्ययन 

बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त जमिनमा पुर्‍याउन अध्ययन 

काठमाडौं ।  बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त खेतीयोग्य जमिनमा सिंचाइ  पुर्‍याउनका लागि अध्ययन  भएको छ । आज बिहान  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामा सिन्धुली जिल्लाको हरिहरपुरगढी गापाको वडा नम्बर १-२ र ३ मा रहेकाे दसौं हजार […]

  • २ years अगाडि
बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा शनिबार सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हाे । दुर्घटनामा गुल्मी मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल […]

  • २ years अगाडि
पहाडी  भू-भागमा हल्का वर्षा, देशभरको तापक्रम बढ्ने

पहाडी भू-भागमा हल्का वर्षा, देशभरको तापक्रम बढ्ने

काठमाडौँ । देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय देशभरको तापक्रम बढेकोले […]

  • २ years अगाडि
तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना

तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना  रहेकाे अनुमान गरेकाे छ । महाशाखाले शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि  देशका अधिकांश भू-भागहरुको अधिकत्तम  तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको  विश्लेषण गरेकाे हाे  । देशका तराई भू-भागहरूमा आगामी  पाँच दिन सम्म तातो हावा तथा लू  लाग्न सक्ने सम्भावना […]

  • २ years अगाडि
कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान

कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान

काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आवेदन आजदेखि असार ७ गतेसम्म दिन सकिन्छ भने दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।  

  • २ years अगाडि

लोकप्रिये