काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनको महाकालमा १०८ किलो रूद्राक्षले पूजा गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् ।त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् । काठमांडूबाट ल्याएको विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले पूजा अर्चना गर्ने कार्यक्रम रहेकाे छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का […]
काठमाडौं । नेपालमा विगत केहि दिनदेखि वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरुको तापक्रम अत्याधिक वृद्धि भएको छ। बुधबार देशका मध्य तथा पूर्वी भागका धेरै स्थानहरुमा तापक्रम मापन गर्दा तातो , धेरै तातो र अत्यधिक तातो दिनको सिमा/तह पार गरेको थियो । त्यस्तै १० वटा भन्दा बढी केन्द्रमा ४० डिग्री सेल्सियस […]
काठमाडौँ । बुधबार सेयर बजार उच्च अंकले गिरावट भएकाे छ । कारोबार बन्द हुँदा परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३८.८३ अंक घटेर १८४९ अंकमा कायम भएको छ । यसअघि मंगलबार ५३ अंक घटेको थियो । बजेट घोषणापछिको दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ । आज कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । […]
काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै उक्त सम्झौता हुने भएको हो । सोही सम्झौताका लागि नेपाल क्लियरिङ हाउसको प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान पनि भारत भ्रमणमा छन् । तर साे भ्रमणमा राष्ट्र बैकका प्रतिनिधि छैनन् । […]
काठमाडौं । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष आज बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । मृतक शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका हुन् […]
काठमाडौं । सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । […]
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए । बा४५प ५५४१ नंको मोटरसाइकल गएराति […]
काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान […]
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । साेमबार अपराह्न भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको हाे ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा […]
काठमाडौं । सरकारले यो वर्ष सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर पाउने भएका छन् ।सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ। अर्थमन्त्री डा […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बजेट […]