नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन् । उनले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताए । उनले भने, ‘अहिले गएको राजतन्त्र नक्कली हो, […]
ललितपुरको नख्खुस्थित कारागार कार्यालयमा विपश्यना केन्द्रको उद्घाटन भएको छ। मंगलबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नख्खुमा निर्माण गरिएको विपश्यना केन्द्र ‘धम्मासय’को उद्घाटन गरेका हुन्। कारागार कार्यालय नख्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंले उद्घाटन कार्यक्रम आयोजना गरेका हुन्। यस कारागारमा १२ दिनसम्म ४८ कैदीबन्दीहरूका लागि ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले […]
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन्। मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रिय सभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति […]
नेपाली कांग्रेसले नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा ती दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन् । राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको […]
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ‘हुतीहारा’को संज्ञा दिए । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा एमालेले राप्रपालाई धोका नदिएको बताएका छन्। परिणाम आइसकेपछि एमालेले धोका दियो भन्ने खालका अभिव्यक्ति राप्रपा प्रवक्ताबाटै आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्। ‘हामीले जितका लागि केही खुला इमानदार प्रयास अघि बढाएका थियौँ। राप्रपाको मत हामीले लिने हाम्रा मत उसलाई दिने। राप्रपासँग ३९४ मत थियो। […]
नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ । मगलवार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो । ‘‘१४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको […]
रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् । चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी-एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका […]
लामो समयदेखि संसद्मा अलपत्र रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्न माग गर्दै द्वन्द्वपीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका छन्। संक्रमणकालीन न्यायका मान्यताहरुलाई केन्द्रमा राख्दै सामाजिक न्यायसहितको सम्मान हुनेगरी पीडित केन्द्रित प्रक्रिया अवलम्वन गरी द्वन्द्व पीडितहरुको सत्य, न्याय, परिपुरण र स्वाभिमानका मुद्दाहरु यथासिघ्र सम्बोधन गर्न र तत्काल संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संसदीय प्रक्रियाबाट पारित […]
नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन्। पार्टी विधान अनुसार शुभेच्छुक संस्थाबाट तीन/तीन जना प्रतिनिधित्व नगराइको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन्। महासमिति बैठक बहिष्कार गर्नेमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रहेका छन्। […]
नेपाली कांग्रेसले जारी महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने सहमति भएको छ। यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ। सोमबार राति मध्यरातसम्म सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा भएको छलफलमा उक्त सहमति भएको हो। छलफलमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो। गोदाबरीमा जारी […]
नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आज सुरु हुँदैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । बिहीबारसम्म चल्ने बैठकमा समग्र पार्टीको राजनीतिक तथा सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । यसैगरी, बैठकको कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, […]