उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् । ‘…देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा […]
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिले अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरेको हो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ। अध्यक्ष तिमल्सिनाको पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको सङ्घीय संसद् सचिवालयका सहसचिव […]
तीन दिनपछि सरेको नेकपा (एमाले) दोलखाको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि एमाले दोलखाको दशौं जिल्ला अधिवेशन यही माघ १९, २० र २१ गते सम्पन्न गर्ने निर्णय भएकोमा तीन दिन पछि सरेर २२, २३ र २४ गते पुगेको थियो । अधिवेशनको प्रतिनिधि छनोटको काम सम्पन्न भैसकेको छ। नेकपा एमाले दोलखाको १० औँ जिल्ला […]
कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनको विकल्प नरहेको बताए। उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी […]
काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ। थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त विषयमा प्रचण्डले कसैसँग पनि सल्लाह नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले गत माघ १५ गते […]
सत्ता गठबन्धनकाे बैठकमा नेताहरूले राष्ट्रीयसभा निर्वाचनकाे समीक्षा गरेका छन् । त्यसक्रममा काेशी प्रदेशमा कांग्रेस जनप्रतिनिधिहरूले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएकाे विषय जाेडताेडका साथ उठ्याे । बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काेशीमा कांग्रेसबाट धाेका भएकाे आराेप लगाएका थिए । उनले माओवादी केन्द्रकी उम्मेदवार कार्कीलाई हराएर गठबन्धन भाँड्ने काम भएकाे आराेप लगाएपछि कांग्रेस […]
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्री परिषद् विस्तार नहुने बताएका छन् । उनले मन्त्री परिषद् विस्तार नहुने तर कामको प्रगतिलाई मन्त्रीहरूले बढाउनु पर्ने बताए । आज बिहान बुटवलमा प्रेस युनियनको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने विषयका प्रधानमन्त्री […]
काठमाडौँ, १७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण […]
कोसी प्रदेशमा सभामुख पद लिएयता संघीयताविरोधी भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बढेको विवाद साम्य हुने छाँटकाँट देखिएको छैन। सत्ता गठबन्धन र विपक्षी एमालेको समर्थनमा कोसी प्रदेशसभामा राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बन्न लागेपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसमेत रहेको प्रकाशचन्द्र लोहनी नेतृत्वको केन्द्रीय निर्देशन समितिले सभामुख बन्नबाट ‘ब्याक’ हुन निर्देशन दिएको थियो। तर विष्ट रोकिएनन् […]
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले निष्ठाको राजनीति नछाडेको दाबी गरेका छन् । मङ्गलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘संसद्मा केपी शर्मा ओली’ नामक ग्रन्थको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । “सुरू गर्दादेखि अहिलेसम्म मैले निष्ठाको राजनीति छाडेको छैन । एउटै धारमा मेरा विचारहरू प्रवाह हुने गरेका छन् […]
नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । न्यायाधीशहरु डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैया […]