नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ । उम्मेदवारी मनोनयन दर्ता हुनु अघिल्लो दिन आइतबार एमालेले उम्मेदवार टुंग्याएको हो । दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो । रोचकुमारी चौलागाईं दिवंगत एमाले नेता पशुपति चौलागाईंकी भाई बुहारी हुन्। ११ […]
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लागेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। १९ रिक्त स्थानका लागि हुने राष्ट्रिय […]
राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने सिटका लागि पनि सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ। उक्त सिट राष्ट्रिय जनमोर्चालाई दिने गठबन्धनका दलहरुले सहमति गरेका छन्। जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने विषयबारे यसअघि नै जानकारी गराइसकेको छ। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित […]
नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लिनमात्रै खोजेको टिप्पणी गरेका छन् । एमालेलाई संसदीय समितिको सभापतिमा सहमतिअनुसार आफूहरुले दिएको बताउँदै नेता पौडेलले राष्ट्रिय सभा निर्वाचनमा पनि ओली लिन तयार भएको तर आफूले दिन पर्ने ठाउँमा दिन तयार नभएको बताएका हुन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनबारे पार्टीभित्र आन्तरिक छलफल थालेका छन् । सत्ता गठबन्धनमा कांग्रेसले १० सिट पाएपछि देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका हुन् । अहिले नेता कोइराला र महामन्त्री थापाले देउवासँग छलफल गरिरहेको एक नेताले बताए । गठबन्धनमा कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई […]
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर […]
सत्तारुढ चार दलले राष्ट्रियसभा निर्वाचनको सीट बाँटफाँट टुंगो लगाएको छ। आज बिहान बसेको चार दलको बैठकले सीट बाँटफाँट टुंगो लगाएको हो। सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी […]
काठमाडौँ I गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ । कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह प्रवक्ता नारायणप्रसाद […]
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि बैठक सुरु भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित […]
बंगलादेशमा आज (आइतबार) १२औँ संसदीय निर्वाचन हुँदैछ। बंगलादेशी पत्रपत्रिकामा यसबारेका समाचार प्रमुख रूपमा छापिएका छन्। विदेशी पर्यवेक्षकले सबै मतदान केन्द्रमा जान नपाउने– ‘युगान्तर’मा प्रकाशित रिपोर्टमा सुरक्षा र दूरीका कारण विदेशी पर्यवेक्षकले आफ्नो स्वेच्छाले कुनै पनि मतदान केन्द्रमा जान नपाउने उल्लेख गरिएको छ। परराष्ट्र सचिव मसुद बिन मोमिनले दर्ता भएका पर्यवेक्षकहरू सडक हुँदै होटल सोनारगाउँबाट दुई […]
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाताहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमवार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ताका लागि विभिन्न कागजात पेश गर्नुपर्ने तथा १८ वटा नियम मान्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले गत बुधवार […]
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्न र सिट बाँडफाँड गर्न बैठक सुरु भएको हो । शनिबार बिहान पनि चार दलबीच बैठक बसेको थियो । अहिले सुरुमा चार दलले बैठक सुरु गरेका थिए । पछि अन्य दलहरू थपिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा […]