नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने एक नेताले जानकारी दिए। ‘बैठकमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरूको कार्यविभाजन, विभिन्न विभागको पूर्णता, हिमाल-पहाड-तराई अभियानको तयारीका बारे छलफल गर्ने तयारी छ,’ उनले भने।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएका कुरा पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले आफ्नो पार्टीसँग प्रधानमन्त्री प्रचण्डले गरेका प्रतिबद्धता पूरा नभए सरकारबाट बाहिरिने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म […]
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए। भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए। प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय […]
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै, बैठकमा आर्थिक वर्ष २०८१/ ८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने कार्यसूची छ । तत्कालिन […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न सके मिल्न चुनौती दिएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कांग्रेस र एमाले मिले पनि आफू र आफ्नो दल नडराउने र प्रमुख प्रतिपक्ष बनेर बस्ने बताएका हुन् । ‘हामी ठूला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजो पनि […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, […]
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बोल्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले विश्वासको मत दिने बताइन् । उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको उल्लेख गर्दै राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन […]
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए । उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको उल्लेख गर्दै अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही […]
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताएका हुन् । उनले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए । यादवले कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको आरोप लगाए । वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई टीआरसी कसका कारण नटुङ्गिएको हो भनी प्रश्न गरेका छन्। संसद्मा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा बोल्दै उनले टीआरसी आफूले विगतमा सरकारमा हुँदा टुंग्याउन खोजेको तर तत्कालीन समयमा कसले नदिएको हो भनी उनले प्रश्न गरे। केही दिनअघि मात्र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए। उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू […]
हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल आज (बुधबार) पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ। हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेल नेपाली समयानुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो भने पीएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो। […]