काठमाडौं । रौतहट जिल्लाको अधिकांश नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आईटी आर्मीले ज्ञापन पत्र बुझाएको छ । आम जनता पार्टी निकट संगठन रिड मानिने आईटी आर्मीका टोलीले आज जिल्लाकाे कटहरिया, बौधीमाई, मौलापुर, परोहा, गुजरा, माधोपुर, चन्द्रपुर नगरपालिकामा नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको हो। नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको […]
काठमाडौँ । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेका छन् । मंगलबार नागरिकताविहीन कामतले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । उनी भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका हुन् । भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग बगिरहँदा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । […]
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्शा राजनीतिक विषय नभएको बताएका छन् । छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको र पाकिस्तानले बुझ्ने हैसियत नराखेेकाे टिप्पणी गरेका छन् । नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्शाप्रति भइरहेको विरोधका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले टिप्पणी गरेका हुन् । नेपाल र […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैँसी ल्याउने सहमति सातवर्ष अघिकै भएको स्पष्टीकरण दिएका छन् । संसदमा बोल्दै प्रचण्डले अहिले सात वर्षपछि बल्ल भैँसी आएको हाे । यो भैंसीको कुरा अहिले सहमति भएको होइन । आजभन्दा सात वर्ष अघि नै मुर्रा भैँसी ल्याउनेबारे समझदारी भएको रहेछ’ प्रचण्डले स्पष्ट पार्दै भनेका हुन् । […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शय्या छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएको हो । स्वास्थ्यमन्त्री मोहनबहादुर […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । संविधानकाे धारा २८२ काे उपधारा (१) बमाेजिम गत जेठ १७ गते विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपतिले विभिन्न देशका लागि ६ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हाे । नवनियुक्त आवासीय […]
काठमाडौं । बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त खेतीयोग्य जमिनमा सिंचाइ पुर्याउनका लागि अध्ययन भएको छ । आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामा सिन्धुली जिल्लाको हरिहरपुरगढी गापाको वडा नम्बर १-२ र ३ मा रहेकाे दसौं हजार […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । उहाँ दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री […]
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् । बिहान साढे ११ बजेबाट बैठक सुरु हुनेछ । बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी रहेकाे छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो ।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । तर, नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएकाे छैन् । […]
काठमाडौं ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नरेन्द्र मोदीबीच महत्वपूर्ण भेटवार्ता हुदैछ । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय […]