‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम मारिएको दाबी

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १४:२७
‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम मारिएको दाबी

पाकिस्तानको कराँचीमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम मारिएको खबर सार्वजनिक भएको छ। शुक्रबार राति कराँचीस्थित अस्पतालमा भर्ना भएका दाउद इब्राहिमलाई विष दिएर मारिएको चर्चा छ।

यति मात्र होइन, यसपछि दाउद इब्राहिमका नजिकका नातेदार तथा पूर्व क्रिकेटर जावेद मियाँदादसहित सम्पूर्ण परिवारलाई घरमै नजरबन्द गरिएको बताइएको छ। साथै पाकिस्तानमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ। तर दाउदको मृत्युको आधिकारिक जानकारी आएको छैन।

पाकिस्तानका स्रोतहरूले विष खुवाएर दाउद इब्राहिमको मृत्यु भएको चर्चाको पुष्टि गरेको भारतीय पत्रिका अमरउजाला डटकमले दाबी गरेको छ।

पाकिस्तानका मिडियामा भारतका मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिमको कराँचीमा विष खुवाएर हत्या भएको चर्चा चलिरहेको छ। अंडरवर्ल्ड माफिया डन दाउद इब्राहिम केही समयदेखि कराचीको मुमताज अस्पतालमा आफ्नो गम्भीर मिर्गाैला रोगको उपचार गराइरहेका थिए।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट