सुर्खेतमा दुई यातायात व्यवसायी कम्पनीबीच भिडन्त

  • मिसन संवाददाता
  • शनिबार, माघ ६, २०८० ११:२५
सुर्खेतमा दुई यातायात व्यवसायी कम्पनीबीच भिडन्त

सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरका विषयमा यातायात व्यवसायीबीच शनिबार बिहान झडप भएको छ। झडपमा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकमा रहेको भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रालिका व्यवसायीबीच झडप भएको हो।

घाइतेहरुको उपचार प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा उपचार भइरहेको छ। संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिको आरोप छ।

संयुक्त यातायात सेवाले भने भिजिट यातायात प्रालिलाई मनोमानी तरिकाले टिकट काटेको आरोप लगाएको छ। झडपपछि केही समय बन्द भएको रत्नराजमार्ग खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त स्थानमा प्रहरी तैनाथ गरिएको छ।

  • मिसन संवाददाता
  • शनिबार, माघ ६, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट