भ्यालेन्टाइन मनाउन भन्दै कोठामा लगेर १५ वर्षे बालिका बलात्कार गर्ने १८ वर्षे पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १२:0३
भ्यालेन्टाइन मनाउन भन्दै कोठामा लगेर १५ वर्षे बालिका बलात्कार गर्ने १८ वर्षे पक्राउ

सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

लहान नगरपालिका २ स्थित कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको हो ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । पीडित परिवारले मध्यराति १२ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो।

बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट