माओवादी नेता जनक बर्तौलालाई आक्रमण गर्ने गुण्डा क्रान्ति बराइली पुर्पक्षका लागि थुनामा

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० २0:१२
माओवादी नेता जनक बर्तौलालाई आक्रमण गर्ने गुण्डा क्रान्ति बराइली पुर्पक्षका लागि थुनामा

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलालाई आक्रमण गरेको आरोपमा पक्राउ परेका मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनलाई फागुन ११ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले ।

कार्तिक २२ मा बानेश्वरको आईप्लेक्स मल नजिक उसु महासंघको अध्यक्ष समेत रहेका बर्तौलामाथि आक्रमण भएको थियो । प्रहरीले यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेकबहादुर प्रधानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट मुख्य योजनाकार रहेको खुलेपछि क्रान्ति बराईलीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।

मुख्य योजनाकार भनिएका आरोपीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । बर्तौलामाथि आक्रमण गरेपछि क्रान्ति बराइलीले शेरबहादुर थारुलाई ५० हजार र नेपाल–भारत सिमाना कटाएपछि टेक बहादुर प्रधानलाई दुई लाख रुपैयाँ दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० २0:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट