५ लाख घुस लिंदालिंदै एमालेबाट निर्वाचित वडाअध्यक्ष पक्राउ : प्रहरी लगायो घोक्रेठ्याक

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:00
५ लाख घुस लिंदालिंदै एमालेबाट निर्वाचित वडाअध्यक्ष पक्राउ : प्रहरी लगायो घोक्रेठ्याक

जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ।

कार्की पाँच लाख घुससहित आज पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुस बापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। कार्की गत स्थानीय निर्वाचनमा ६४५ मत ल्याएर वडा अध्यक्षमा एमालेको तर्फबाट निर्वाचित भएका थिए । कांग्रेसका दिनेश सुवेदी उनीसंग ५२ भोटले पराजित भएका थिए ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट