१ करोड झ्वाम पारेको आरोपमा प्रमुख प्रशासकीय विरुद्ध पक्राउ पुर्जी

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:१८
१ करोड झ्वाम पारेको आरोपमा प्रमुख प्रशासकीय विरुद्ध पक्राउ पुर्जी

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए । सोही समयमा उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको स्रोतले बतायो।

 

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट