काठमाडौँको जुवाखालबाट पण्डितसहित १० पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० ११:५६
काठमाडौँको जुवाखालबाट पण्डितसहित १० पक्राउ

जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट १० जना पक्राउ परेका छन् ।

काठमाडौं महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट