सुदूरपश्चिमको दार्चुला जिल्ला अधिवेशनमा आफू जाने गरेर महासचिव शंकर पोखरेलले मिति तय गर्न लगाएका थिए । तर, त्यहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल गइदिए । पोखरेललाई प्रमुख अतिथि दार्चुलाले बनाएको होइन । शंकरसित ओली रिसाएपछि ईश्वरले त्यहाँ जान पाएका हुन् । मध्यपहाडी राजमार्गको यात्राका क्रममा सुदूरपश्चिम पुगेपछि मात्र ओलीले दार्चुला जिल्ला अधिवेशन हुँदै छ भन्ने थाहा […]
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता […]
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा नखट्ने नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो जानकारी दिएका हुन् । ती सदस्यका अनुसार अभियानका लागि गठन गरिएको मूल्याङ्कन विभाग र अनुशासन विभागले गरेको मूल्याङ्कनका आधारमा कारबाही र पुरस्कारको काम अघि […]
नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुनमा हुने भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले आगामी फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार फागुन १,२ र ३ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय भएको छ। फागुन १ लाई माओवादीले जनयुद्ध दिवस मान्दै आएको […]
रवि छिरेको घरमा एउटा अर्को रडाको मच्चिँदैछ । फेरि पनि लफडा उही छ, वित्तीय कारोबारको । सिनेमाको व्यवसायबाट नाम र दामसँगै सामाजिक प्रतिष्ठासमेत कमाएका उद्धव पौडेलले ३५ वर्षदेखि चावहिलस्थित गोपीकृष्ण हल चलाउँदै आए । सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधाको पोख्त र व्यवसायिक घरानाका रुपमा स्थापित छन् । त्यही आर्जनबाट ओम अस्पताल र […]
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक सुरू हुनेछ । बैठकमा पार्टीको विधान संसोधनबारे छलफल हुने बताइएको छ। पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ। उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा आजदेखि […]
नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार देशैभर पृथ्वी जयन्ती मनाइयो । सो अवसरमा सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएतले माल्यार्पण गरे । त्यस्तै, राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु उपस्थित थिए । कस्तो रह्यो त पृथ्वी जयन्तीको […]
नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई उक्त मस्यौदा पेस गरेको हो। माओवादी केन्द्रले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको संयोजकमा दोलखाका सफल व्यवसायी दिनेश वस्नेत सर्वसम्मत चयन भएका छन् । शुक्रबार सदरमुकाम चरिकोटमा भएको पहिलो जिल्ला भेलाले वस्नेतको नेतृत्वमा २७ जनाको कार्यसमिति र ११ जनाको सचिवालय समिति चयन गरेको बताईन्छ । भेलामा बागमती अध्यक्ष अच्युतम लामिछाने सहभागी थिए । रास्वपाको सचिवमा रमेश श्रेष्ठ चयन भएका छन् । संयोजक चयन […]
बलात्कार मुद्दामा दोषी ठहर्याइएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत त्यसमा प्रतिक्रिया दिए । कृष्णबहादुर महराको नाम जोडेर उनले लेखे, ‘मुद्दाको प्रकृति एउटै तर फैसला फरक किन ? सम्मानित अदालतललाई म सम्मान गर्छु तर पुर्ब सभामुख कृष्ण बहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा नेपाल र […]
नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कैलालीको टीकापुरमा सुरु भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरे। जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका छन्। देशभरबाट करिब ८ हजार महाधिवेशन प्रतिनिधि […]
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभाका उम्मेदवारहरुलाई जिताउनको लागि लुम्बिनी प्रदेशमा गठबन्धनमा आबद्ध दलहरुको बैठक सम्पन्न भएको छ। नेपाली कांग्रेसको प्रदेश कार्यालयमा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकमा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादी र जसपाका नेताहरु, उम्मेदवार झक्कु सुवेदी, विष्णुकुमारी सापकोटा लगायत उपस्थित थिए […]