कांग्रेस सांसदको गोदाममा छापा हान्दा ३ अर्ब ५१ करोड भेटियो : गन्न ५ दिन लाग्यो !

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १४:२८
कांग्रेस सांसदको गोदाममा छापा हान्दा ३ अर्ब ५१ करोड भेटियो : गन्न ५ दिन लाग्यो !

कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतमा नगद भेटिएको उक्त रकम अहिलेसम्मकै धेरै हो। झारखण्डका राज्य सभा सांसद धीरज साहुको परिवारको कम्पनीमा उक्त रकम भेटिएको हो। पाँच दिनअघिदेखि जाँच सुरु भएको थियो।

आयकर विभागका कर्मचारीहरुले मात्रै रकम गणना गर्न नसकेपछि विभिन्न बैंकबाट ८० जना मगाइएको थियो। पाच दिन २४ सै घन्टा गणना गरेपछि सकिएको हो।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट