बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई आज सजाय सुनाईने

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १0:३७
बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई आज सजाय सुनाईने

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ। लामिछानेलाई सजाय निर्धारण गर्न काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ। पुस १३ गते लामिछानेलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।

लामिछानेले पीडित गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ।’गौशाला २६ (छ) (१) ०७९/०८० को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर्छ,’ फैसलामा भनिएको छ।

नेपालको कानुनले धाक, धम्की वा प्रलोभन देखाएर आफूभन्दा कमजोर अवस्था भएको महिलासँग यौनसम्पर्क राखेमा त्यसलाई बलात्कार ठहर गर्छ। पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ।

गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएको १६ महिनापछि पुस १३ गते फैसला भएपनि दोषी ठहर भएका लामिछानेलाई त्यस दिन सजाय तोकिएको थिएन।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट