बलात्कारको मुद्धा : सन्दीप लामिछानेले उच्च अदालतमा दायर गरे पुनरावेदन

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १७:१0
बलात्कारको मुद्धा : सन्दीप लामिछानेले उच्च अदालतमा दायर गरे पुनरावेदन

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेकोमा चित्त नबुझेको भन्दै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन दायर गरेका छन् ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गौशला २६ (पीडितको सांकेतिक नाम) माथि बलात्कार गरेको भन्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

बिहीबार लामिछाने आफ्ना कानुन व्यवसायीसहित उच्च अदालत पाटन पुगेर पुनरावेदन गरेका हुन् ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट