नेपाली कांग्रेसका सांसद तथा महान्त्री गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने डर आफूलाई भएको बताए । उनले प्रधानमन्त्रीको जवाफ माग्दै भने, ‘सहकारी ठगीमा आफैं मुछिएका गृहमन्त्रीले कसरी […]
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर […]
प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आयोजित कार्यक्रममा उनले २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको बताएका हुन् । उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ […]
भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला […]
नेपाली आदिवासी जनजाति महिलाको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको महिलाको अवस्था सम्बन्धि आयोगको ६८औँ अधिवेशनमा सहभागि हुन अमेरिका पुग्नु भएका बागमती प्रदेशसभा सदस्य एवं पूर्व उपसभामुख माननीय राधिका तामाङ महत्वपूर्ण भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । पूर्व राज्यमन्त्रीसमेत रहनुभएका तामाङ अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा जारी अधिवेशनको मुख्य शत्रमा सहभागिता पश्चात त्यहाँस्थित विभिन्न […]
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार बिहान गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । सचिवालयका […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न छिमेकी राष्ट्रसँग पहल गरेको दाबी गरे। नियमित उडान भर्न आफुले ध्यान दिइरहेको बताए। आइतबार पोखरामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले चीन सरकारसँग विशेष पहल गरेको सुनाए। प्रधानमन्त्री दाहालले विमानस्थल निर्माणमा लिएको ऋणलाई अनुदानमा बदल्ने प्रयासमा रहेको बताए। […]
प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । ६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको […]
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन्। मन्त्रालयमा केही समयअघि भएको छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न […]
नेपाल समाजवादी पार्टी (नेसपा)ले अध्यक्ष महिन्द्र राय यादव पक्षमाथि कारबाहीको तयारी भएको छ । पार्टीभित्र छलफल नगरी शनिवार माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको भन्दै अर्का अध्यक्ष बाबुराम भट्टराई पक्षले कारबाहीको तयारी गरेको हो । कारबाहीको विषयमा आइतबार बस्ने केन्द्रीय कार्यकारिणी बैठकले आवश्यक निर्णय लिने कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । महिन्द्र पक्षधरले […]
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा […]
संघीय संसद्का दुवै सदनका बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक […]