त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु […]
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागि एक लाख एक हजार एक सय दश रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । साफिको श्रीमती ४१ बर्षीया उर्मिला कुमारी रजतको दुबै मृगौला फेल भएको हुँदा निजको उपचारमा सहयोग गर्नका लागि कोशी प्रदेश पुर्व प्रहरी […]
काठमाडौँको धरहरास्थित पार्किङ भवनको पहिलो तलामा आज (आइतबार)देखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ।धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन थालिएकाे काठमाडौँ महानगरपालिकाले जनाएको छ। न्युरोड क्षेत्रमा कालोपत्रे सडकमा महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने उद्देश्यले धरहरामा निःशुल्क पार्किङकाे व्यवस्था मिलाइएकाे हाे। काठमाडौँ […]
म्याग्दी- जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क रुपमा भर्न सुरु गरेको छ । सेवाग्राहीले अनलाइन फाराम भर्दा झन्झटिलो भएको, बाहिर बजारमा फाराम भर्दा अतिरिक्त शुल्क तिर्नुपरेको र समय तथा पैसाको बचत नभएको जस्ता गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयले निःशुल्क अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो । सर्वसाधारण, नागरिकलाई सहज रुपमा सेवा […]
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन्। नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आज कार्यभार […]
मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएको अवसरमा आज स्वाभिमान दिवस मनाउन लागिएकाे हाे । २६ पुसमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ३ माघलाई स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय गरेको थियाे । ३ माघ २०७८ मा बसेको प्रदेशसभाको बैठकले तत्कालीन २ नम्बर प्रदेशलाई […]
मतदाता नामावलीमा नाम नभएपछि नेकपा एमालेका उम्मेदवार उम्मेदवारी बिना फर्केका छन्। साेमबार निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारी दिन आएका अर्जुन सिंहको नाम मतदाता नामावलीमा नाम नभएपछि उम्मेदवारी बिना फर्किएका हुन्। उनी फर्किएपछि एमालेले मधेस प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार परिवर्तन गरेकाे छ। निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारीका लागि आएका सिंहको नाम नभएपछि एमालेको उम्मेदवार फेरिएको […]
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा जडान गरेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) क्यामेरा । यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ । ट्राफिक नियम पालना नगरेको अवस्थामा साक्षीले सत्य नबोल्ने चुनौतीलाई यो प्रविधिले यथार्थ देखाएर अनुसन्धानमा सघाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी निदेशराज मैनालीले बताए । […]
लुम्बिनी। राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ । राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले […]
गत शुक्रबार बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन राउतको अन्त्येष्टि गरिएको छ। काठमाडौंदेखि शव नेपाली सेनाको स्काई ट्रकमार्फत सुर्खेत विमानस्थलमा पुर्याइएको थियो। त्यसपछि हेलिकप्टमा राखेर गृह जिल्ला ल्याइएको हो। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते बनेका सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]
धनुषा- केही दिनदेखि धनुषासहित मधेश प्रदेशमा चिसो हावासँगै बढेको कठ्यांग्रिदो चिसो र विहानैदेखि दिनभरि लागिरहेको शीतलहर र हुस्सुका कारण सर्वसाधारणहरु प्रभावित भएका छन् । विहानैदेखि परेको हुस्सुका कारण स्कुले बालबालिका अझ बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेर शितलहर चलेपछि बालबालिका, वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न स्थानीय निकायले […]
दाङ- दाङमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् । बर्दियाबाट चखौरा अवलोकन भ्रमणमा जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेहरु खतरामुक्त रहेको र उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले […]